काठमाडौं, वैशाख २७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहीवारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ । स्थानीय र पश्चिमी वायुका प्रभावका कारण बिहीवारसमै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ ।
कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौ लगायतका हिमालीरपहाडी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रुकुम पूर्व आसपासका जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ । यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया