मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति


काठमाडौं, वैशाख २७ । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको आइतबार बसेको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। मुख्यमन्त्री यादवलाई यथाशिघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ।