धरान । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले जेठ १ गतेदेखि हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार प्रतिष्ठानले यो व्यवस्था लागू गर्न लागेको हो।
प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठद्वारा जारी सूचना अनुसार हरेक हप्ताको शनिबार र आइतबार अस्पतालको बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्।
अस्पतालको अन्तरङ्ग सेवा र आकस्मिक सेवा भने सुचारु रहनेछन् ।




प्रतिक्रिया