भवन निर्माणमा स्वदेशी काठ प्रयोग गरिने


काठमाडौँ । सरकारले नेपालमा बन्ने भवन निर्माणका लागि स्वदेशी काठलाई प्रयोग गर्ने भएको छ । आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वदेशी काठ प्रयोगमा प्रोत्साहन गर्ने उल्लेख छ ।

यस्तै, सरकारले ल्याएको नीति तथा कार्यक्रममा चुरेको वैज्ञानिक उत्खनन गर्ने पनि उल्लेख गरिएको छ । राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा हरित अर्थतन्त्र र कार्बन व्यापारका साथै सीमापार प्रदूषण नियन्त्रणका विभिन्न कार्यक्रम पनि सरकारले ल्याउने भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।