काठमाडौँ । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएको छ ।
यसरी उत्पादन गरिने जलविद्युत्को क्षेत्रमा परेका स्थानीयलाई मुआब्जाको साटो शेयर दिइने भएको छ ।
सरकारको नीति तथा कार्यक्रमले नेपालमा विद्युत् खपतलाई विविधीकरण गरिने उल्लेख छ । त्यस्तै, नेपालमा धेरै विद्युत् खपत हुने उच्च क्षमताका डाटा सेन्टर बनाएर नेपाललाई टेक हब बनाउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।




प्रतिक्रिया