काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।
सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । परियार नेता शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्वसभापति देउवा पक्षधर हुन् ।
विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति सदस्य थपेका सभापति थापाले पूर्व पदाधिकारी र केन्द्रीय सदस्य थपेर समिति विस्तार गरेका हुन् ।
सभापति थापाले मनोनीत गरेका सदस्यहरु यसप्रकार छन् –
१. महेन्द्र यादव — धनुषा
२. जीवन परियार — कास्की
३. उमेश श्रेष्ठ — चितवन
४. रमेश रिजाल — पर्सा
५. सुजाता कोइराला — मोरङ
६. दिलेन्द्रप्रसाद बडू — दार्चुला
७. चन्द्रकान्त भण्डारी — गुल्मी
८. अजयकुमार चौरसिया — पर्सा
९. लक्ष्मी परियार — उदयपुर
१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु
११. दिनेशकुमार यादव — सप्तरी
१२. राजीव कोइराला — सुनसरी
१३. राजीव ढुंगाना — सुनसरी
१४. प्रा. डा. गोविन्दराज पोखरेल — प्यूठान
१५. सुशीला मिश्र भट्ट — कैलाली
१६. नागिना यादव — महोत्तरी
१७. दिनेश कोइराला — चितवन
१८. डा. जीवन राना — कैलाली
१९. सीता थपलिया (उर्मिला) — धादिङ
पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सभापति थापाले देउवा र कोइरालाका मान्छेलाई समेटेको जनाइएको छ । तर संस्थापन इतर पक्ष भने अझै सशंकित छन् ।




प्रतिक्रिया