प्रचण्डले आज संसदमा सम्बोधन गर्ने


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए । चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन् ।

सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३र०८४को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । त्यसै विषयमा आज संसदमा दलगत छलफल हुँदैछ ।