संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाइयो,अब १८ वटा मन्त्रालय मात्रै


काठमाडौं । संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाइएको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या १७ मा झारेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जस अनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुनेछ।