काठमाडौँ । आज विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटको लागि स्थगित गरेका थिए । १५ मिनेटका लागि स्थगित गरिएको बैठक ४० मिनेट हुँदा पनि सूचारु भएको छैन ।
यसैबीच सभामुख अर्यालले सदन सुचारु गर्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका छन् । सचेतक र सचेतकहरूसँगको छलफल पछि सभामुखले संसद बैठकबारे निर्णय लिने बुझिएकाे छ । स्रोतले दिएको जानकारी अनुसार विपक्षी दलहरुले प्रधानमन्त्री बालेन शाहको उपस्थित नभएसम्म संसद सञ्चालन गर्न नदिने अडान लिएका छन् ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको साटो अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको जवाफ दिन सभामुखले समय दिए लगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए ।




प्रतिक्रिया