प्रधानमन्त्री नआएपछि संसद्‌मा खैलाबैलाः बालेनलाई खोज्दै विपक्षी


काठमाडौँ । बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र जवाफ दिने कार्यसूची तय गरिएको थियो। तर प्रधानमन्त्री कार्यालयबाट दुई सय मिटरको दूरीमा भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री गएका छैनन् ।
उनी बैठकमा नजाँदा आजको प्रतिनिधिसभा दुईपटक स्थगित भइसकेको छ । आज प्रधानमन्त्री शाह बिहानै सिंहदरबार पुगेका थिए र मन्त्रिपरिषद बैठकसमेत गरेका थिए।

मन्त्रिपरिषद बैठक सकिएपछि मन्त्रीहरू संसद् बैठकमा गए तर प्रधानमन्त्री नजाँदा सदन पटक–पटक अवरुद्ध हुन पुगेको हो ।
विपक्षीहरुले नीति तथा कार्यक्रमको छलफल र जवाफ प्रधानमन्त्रीबाट खोजिरहेका छन् ।