काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बेलाबेलामा हामीले राेचक दृश्यहरु देखिरहेका हुन्छौँ । त्यस्तै दृ्रश्य आज(बुधबार)को बैठकमा देखिएको छ ।
विपक्षी दलहरुले अवरोध गरेपछि आज एकैदिन दुई पटक १५-१५ मिनेटको लागि संसद बैठक सभामुख डोल प्रसाद अर्यालले स्थगित गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने विपक्षीहरुको माग छ।
यसैबिच सभामुख अर्यालले मंगलबारबाटै सांसदहरुलाई संसद् सञ्चालन नियमावलीका विभिन्न बुँदाहरुमा ध्यानाकर्षण गराइरहेका छन् । संसद नियमावलीको बिताब सांसदहरुको हात-हातमा छ । सबैले हात र किताब उठाउँदै सांसदहरुले बोलेको शब्दहरुमा आपत्ति जनाइरहेका छन् ।
त्यस्तै नेकपा एमालेका सांसद गुरु बरालले पनि नियमावलीको किताब हेर्दै सभामुखलाई हाँस्दै एक बुँदा भनिएको पेज खाली नै रहेको देखाएका छन् । सांसद बरालले किताब देखाउँदै भने -‘यहीँबाट प्रकाशित भएको होला । हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ । ब्ल्यांक छ । यसखालको लापरबाही भयो । पुनः प्राप्त गर्ने प्रबन्ध होस् ।’
सांसद बरालले हाँस्दै सभामुखले भनिरहेका २१९ पेज खाली देखाइरहँदा सांसदहरुको हाँसो संसद धवनमै गुन्जियो । सांसदहरुको हाँसोपछि सभामुखले पनि आफ्ना हाँसो रोक्न सकेनन्। र उनी पनि हाँसे ।
प्रतिनिधिसभाको नियमावली २१९ मा सांसदहरूले पालना गर्नुपर्ने आचार संहिता बारेमा लेखिएको छ ।





प्रतिक्रिया