काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् ।
उनले भोलिदेखि लागू हुने गरेर राजीनामा दिएको जनाइएको छ ।
सरकारले सार्वजनिक निकायहरूमा नियुक्ति पाएकाहरूलाई बर्खास्त पार्ने अध्यादेश ल्याउँदा निगम परेको थिएन । तर, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिन भनेकी थिइन् ।
जसअनुसार भट्टले राजीनामा दिएको बताइएको छ । भट्टलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० साल फागुन २६ गते तीन वर्षका लागि नियुक्त गरेको थियो ।




प्रतिक्रिया