प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची हटाइयो


काठमाडौं, वैशाख ३१ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले बैठकलाई सम्बोधन गर्ने कार्यसूची छैन। नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनेछन्।

त्यस्तै वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ। त्यस्तै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा(कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचिमा उल्लेख छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रस्तुत गर्ने छन्।