काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । तरलता बढेको र कर्जा प्रवाह घटेका कारण ब्याजदर घटाएका हुन् ।
वैशाखको तुलनामा जेठ महिनामा सातवटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ वटा बैंकले स्थिर राखेका छन् ।
अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशतसम्म छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको हो ।
वैशाखको तुलनामा जेठमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल बैंक, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका छन् ।
कृषि विकास बैंक, एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।




प्रतिक्रिया