काठमाडौँ । प्रा. डा. नारायणप्रसाद पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
पौडेलले यसअघि विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसकेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पदपूर्ति नभएसम्मका लागि पौडललाई दैनिक कार्य सञ्चालन गर्न उपकुलपतिको जिम्मेवारी तोकेको हो ।
सरकारले अध्यादेश ल्याएपछि रिक्त रहेको उक्त उपकुलपतिको जिम्मेवारी पौडेललाई दिइएको हो ।




प्रतिक्रिया