काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको कार्यालयमा छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको हो ।
स्मार्ट सेलको सम्पत्ति र लिलामी प्रक्रियामा भएको अनियमितताको आशंकामा छानबिन गर्न एनसेलको मुख्यालयबाट प्रहरीले कागजात लगिएको स्रोतले बतायो ।
स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनायो ।
स्मार्ट टेलिकमको अनुमति पत्र खारेज भई सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्तिलाई एनसेलले खरिद गर्ने प्रक्रियामा मिलेमतो भएको भन्दै सीआईबीले अनुसन्धान तीव्र पारेको थियो। यसै क्रममा एनसेल पनि मुछिएको हो।




प्रतिक्रिया