जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । गत वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको थियो । यद्यपि उक्त दलका अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा भने अझै पदमै छन् ।
यसैबीच जनमत पार्टीले मुख्यमन्त्री यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको हो ।
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ को उपदफा १ (क) अनुसार मिति २०८३/०२/०१ गते मधेश प्रदेश सरकारको विश्वासको प्रस्तावको विपक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न संसदीय दलको निर्णय बमोजिम संसदीय दलको सदस्यहरुलाई निर्देशन (ह्वीप) जारी गरिएको छ,’ जनमत संसदीय दलका नेता चन्दनकुमार सिंहले जारी गरेको निर्देशन पत्रमा उल्लेख छ ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा जनमतका हाल १२ सांसद छन् ।




प्रतिक्रिया