बाँके । बाँकेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ परेको छ।
कोहलपुर नगरपालिका १ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी टोली खटिएको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई कौशिलानगरबाटै पक्राउ गरेको हो।
पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले थप आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया