बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य


मकवानपुर, १ जेठ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

उनले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । 

प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।