हर्क साम्पाङलाई शाहीको जवाफ : ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन’


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग नगर्न अनुरोध गरेका छन्।

आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद साम्पाङलाई सम्बोधन गर्दै वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे ।

उनले विगत ३५ वर्षसम्म देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिहरू विरुद्ध नै जनताले अहिलेको मतदान गरेको उल्लेख गर्दै उनले जनताको मत र जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। ‘हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्,’ उनले लेखेका छन् ।

यस्तो छ उनको भनाइ :

माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।

हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो।

Skip This

Omoda E5 Pro