काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्नू भनी आदेश दिएको हो ।
सर्वोच्चले उनलाई मुलुक छाडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्रै जान पाउने व्यवस्था गर्न भनेको छ ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
आफ्ना पति पाण्डेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । प्रहरीको सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा आपराधिक विश्वास घातलगायतका कसूर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया