शान्ति सम्झौता र गणतन्त्रका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्छः दाहाल


वीरेन्द्रनगर । नेकपा संयोजक पुष्पकमल दाहालले कांग्रेस या एमालेसँग मात्रै मिलेर प्रदेश सरकार बनाउने खेलमा अहिले नेकपा नरहेको स्पष्ट पारेका छन् । वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटमा दाहालले कांग्रेस र एमालेबाट विभिन्न समयमा प्रदेश सरकार गठनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले अस्वीकार गर्दै आएको उल्लेख गरे ।

दाहालले अहिले कांग्रेसलाई बाहिर राखेर एमालेसँग या एमालेलाई बाहिर राखेर कांग्रेससँग मिलेर सरकार बनाउने नीति वर्तमान परिस्थितिमा गलत हुने दाहालको भनाइ छ ।

अहिले यो वा त्यो दलसँग मिलेर सरकार बनाउने खेलमा लाग्दा जनतामा भ्रम पैदा हुने संयोजक दाहालको भनाइ छ । यसैबीच, दाहालले शान्ति सम्झौता, संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर जनतामा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

सर्वदलीय प्रदेश सरकार गठनमा मात्रै आफ्नो दलले समर्थन गर्ने पनि दाहालको भनाइ छ ।