काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ ।
बैठक आइतबार बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा सभापति गगन थापाको समेत उपस्थिति रहने जानकारी दिइएको छ । उपसभापति विश्वप्रकाश शर्मा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अध्यक्ष रहेका छन् ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी र सदस्यलाई उपस्थिति हुन सुसूचित गरिएको छ ।




प्रतिक्रिया