काठमाडौं, जेठ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै रास्वपाकै सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अन्याय गर्ने अघिकार कसैलाई नरहेकाले आफ्नै घरको सदस्य नै भएपनि गलतलाई गलत भन्न छाड्न नहुने प्रतिक्रिया दिएकी छन् ।
महिला र मातृत्वजस्तो संवेदनशील कुरासँग जोडिको विषयमा गम्भिर अनुसन्धान हुनुपर्ने बताउदै उनले लेखेकी छन्, ‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन्! देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ! महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी छ। पार्टीभन्दा ठुलो देश र देशभन्दा ठुलो यो संसार हो। यहाँ कसैलाई अन्याय हुनुहुँदैन र कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन।’




प्रतिक्रिया