काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख धरौटी माग गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्ववय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख नगद धरौट वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।
मङ्गलवार नै सो आदेश भएपछि धरौटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो । पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई २०८२ पुस १७ मा विशेष अदालतले थुनामा राख्न आदेश दिएसँगै डिल्लीबजारमा थुनामा छन् ।




प्रतिक्रिया