काठमाडौं, जेठ ६ । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने एक अन्तरसरकारी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री नयाँदिल्ली जान लागेका हुन्।
परराष्ट्रमन्त्री खनाल जेठ १९ र २० गतेसम्म चल्ने बाघ, चितुवा लगायतका वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’को सम्मेलनमा भाग लिन भारत जान लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग ‘साइडलाइन’ वार्ता गर्ने तयारी भइरहेपनि समय निश्चित भएको छैन् । समकक्षीसँग अपचारिक छलफलको समय निश्चित नहुँदा प्रधानमन्त्री मोदीसँग सम्मेलन स्थलमै खनालको संक्षिप्त कुराकानी गर्न सक्ने सम्भावनाबारे समेत अन्यौल कायमै रहेको छ ।
स्रोतका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिनेछन्। जयशंकर नेपाल आएपछि प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय गर्ने तयारी छ। उनी जेठ २१ गते फर्कने छन्।




प्रतिक्रिया