काठमाडौं, जेठ ७ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले मुलुक फेरि अर्को राजनीतिक भूकम्प उन्मुख रहेको बताएका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतमा बीपी कोइराला र केपी शर्मा ओलीले सत्ता गुमाएको प्रसंग उठाउँदै यस्तो बताएका हुन्।
उनले बीपी र ओलीका सत्ता गुमे जस्तै रास्वपा पनि जाने भनाइ राखेका छन् । बास्कोटाले पार्टीहरू तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहँदा फेरि पनि उनीहरू उल्टो गतिका निरिह साक्षी हुने बताएका छन् ।
उनले लेखेका छन्, ‘फेरि एउटा राजनीतिक भुकम्प उन्मुख छ देश ।उहि कुरा वीपी र केपीका सत्ता गुमे जस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ।पार्टीहरु तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहदा फेरि पनि तिनीहरु उल्टो गतिका निरिह साक्षी हुने छन,जसरी 059 देखि 082 सम्म भईरहे।’




प्रतिक्रिया