काठमाडौं, जेठ ७ । प्रतिनिधिसभामा सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा रहेको श्रम संस्कृति पार्टीले आजपनि संसदमा आफ्नो अडान कायमै राख्ने भएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर बुधबार पनि आफ्नो अडानलाई निरन्तरता दिएकामा आज बिहीबार पनि जारी राख्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आजको संसद् बैठकका क्रममा विरोध गर्नका लागि नारा समेत तय गरेर सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरू दैनिकजसो पर्चा देखाएर विरोधमा उत्रिन्छन् । उनीहरूको एकसूत्रीय माग छ– प्रधानमन्त्री वालेन्द्र शाह बालेनसहित मन्त्रीहरू संसदप्रति उत्तरदायी हुनुपर्छ ।
प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद बैठकमा खोज्दै उनीहरूले पटकपटक संसद बैठक स्थगित गरेका छन् । बुधबारको बैठकमा तीनपटक साम्पाङले अवरोध गरे र तीनैपटक सभामुख डीपी आर्यालबाट निर्देश पनि भयो ।
तर, साम्पाङले खुला चुनौती दिएका छन्– प्रतिनिधिसभा नियमावलीअनुसार बैठकबाट निकाल्न । उनले ५ वर्ष नै विरोध जारी राख्ने बताएका छन् । सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको उनको भनाइ छ । उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’
बैठकमा सभामुख अर्यालले साम्पाङलाई आफ्नो व्यवहार सच्याउनू भन्दै प्रतिनिधिसभा नियमावलीको नियम ३० हेर्न सचेत गराएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरू दैनिकजसो पर्चा देखाएर विरोधमा उत्रिन्छन् । उनीहरूको एकसूत्रीय माग छ– प्रधानमन्त्री वालेन्द्र शाह बालेनसहित मन्त्रीहरू संसदप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद बैठकमा खोज्दै उनीहरूले पटकपटक संसद बैठक स्थगित गरेका छन् । बुधबारको बैठकमा तीनपटक साम्पाङले अवरोध गरे र तीनैपटक सभामुख डीपी आर्यालबाट निर्देश पनि भयो ।
तर, साम्पाङले खुला चुनौती दिएका छन्– प्रतिनिधिसभा नियमावलीअनुसार बैठकबाट निकाल्न । उनले ५ वर्ष नै विरोध जारी राख्ने बताएका छन् । सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको उनको भनाइ छ । उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’
यसरी दिनदिनै विरोध गरिरहँदा निलम्बनमा पर्नुहोला नि रु भन्ने सञ्चारकर्मीको प्रश्नमा साम्पाङले आफू तयार रहेको जवाफ दिए । ‘ठीक छ त । हामी रेडी छौँ । म रेडी छु । जनताका लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ । आज नै गर्नू भनेको गर्नु भएन,’ उनले भने ।
बैठकमा सभामुख अर्यालले साम्पाङलाई आफ्नो व्यवहार सच्याउनू भन्दै प्रतिनिधिसभा नियमावलीको नियम ३० हेर्न सचेत गराएका छन् ।
नियम ३० मा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ ।’
नियमावलीको नियम ३१ को (१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने उल्लेख छ ।
नियमावलीमा भनिएको छ, ‘आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन । ९२० उपनियम ९१० बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगए सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ ।’
उपनियम (२)बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने उल्लेख छ ।




प्रतिक्रिया