पोखरा । नेकपा एमालेले गण्डकीमा दलको उपनेता चयन गरेको छ । दलका नेता खगराज अधिकारीले बागलुङका लीलबहादुर थापालाई उपनेता नियुक्त गरेका हुन् ।

यसैगरी, प्रमुख सचेतकमा यस अघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ ।
प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री बनेपछि रिक्त पदमा पहारीलाई जिम्मा दिइएको हो । सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् ।



प्रतिक्रिया