फेवातालमा डुबेर एककाे मृत्यु

उद्धारका लागि फेवातालमा खटिएको सशस्त्र प्रहरीको टोली । फोटो ; सशस्त्र प्रहरी बल

पोखरा । फेवातालमा डुबेर पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्गको मृत्यु भएको छ ।

उनी बुधबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्री नेतृत्वको टोलीले खोजी गर्ने क्रममा आज बिहान ३:३५ बजे गुरुङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए ।