सदनमा विपक्षी दलहरूले गरे अवरोध


काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए । सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् ।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।