काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत नआएको भन्दै विपक्षीहरूले विरोध गरेका छन् । सो बीचमा एमाले सांसद ऐनबहादुर महरले संविधानको धारा ७६ को १० बमोजिम प्रधानमन्त्री गम्भीर नबनेको बताए ।
‘कुरा नियमावलीको होइन, विषय नियतको हो । प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने, अपमान गर्ने, जनताको मतको उपेक्षा गर्ने छ,’ सांसद महरले भने, ‘संविधानको धारा ७६ को १० बमोजिम सदनप्रति सरकार उत्तरदायी बन्नुपर्ने र जनताको आवाजहरू सुनुवाइ गर्नुपर्छ भनेर भनेका थियौं ।’




प्रतिक्रिया