काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले निरन्तर प्रधानमन्त्रीको खोजी जारी राखेका छन् । प्रधानमन्त्री आज पनि सदनमा उपस्थित नभएपछि विपक्षी दलहरुले बैठकमा अवरोध गरे । विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले संसद बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरे ।
यसैबीच प्रधानमन्त्री बालेन शाहलाई सभामुख अर्यालले भेटवार्ता गरेका छन् । संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको स्रोतले जानकारी दियो । उनीहरुबीच भएको कुराकानी भने खुलाइएको छैन ।




प्रतिक्रिया