प्रधानमन्त्रीसँगको भेटपछि विपक्षीलाई पेलेरै अघि बढे सभामुख


काठमाडौं । सभामुख डीपी अर्याल सदनमा पेलेर अघि बढेका छन्। प्रधानमन्त्री बालेन शाहलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकाबीच सदन अघि बढाएका हुन्।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिए।

कानूनमन्त्रीले सदन अघि बढाउँदा विपक्षीले नाराबाजी गरिरहेका छन्।

विपक्षी दलले प्रधानमन्त्री शाह सदनमा आएर आफूहरुले उठाएको प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नसक्ने भन्दै विरोध जारी राखेका छन् ।