काठमाडौँ । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह उपयुक्त समयमा प्रतिनिधिसभामा उपस्थित हुने बताएका छन् ।
विपक्षीले सदन अवरोध गरेपछि आज सभामुखले प्रधानमन्त्री शाहसँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए ।
उक्त बैठकमा प्रधानमन्त्री उपयुक्त समयमा आउने कुरा सभामुखले जानकारी गराएको बताइएको छ ।




प्रतिक्रिया