सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक


काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ । विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो।

विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ।