काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग पार्टीका सांसदहरूले सामूहिक भेटघाट तथा छलफल हुने भएको छ ।
सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुनेछ । कोशीका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म र मधेशका सांसदहरूसँग दिउँसो साढे १ देखि साढे ३ सम्म छलफल हुनेछ ।




प्रतिक्रिया