तेलको भाउ बढेको बहानामा काम नरोक्न निर्माण व्यवसायीलाई एमाले सांसद राईको सुझाव


काठमाडौँ । एमाले सांसद राजेन्द्रकुमार राईले निर्माण व्यवसायीलाई तेलको भाउ बढेको बहानामा काम नरोक्न सुझाव दिएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै राईले भने ‘सधैँ तेलको भाउ बढेको बहानामा काम रोक्ने र एउटै कुरा दोहोर्‍याउने काम बन्द गर्नुपर्छ।’

उनले निर्माण व्यवसायीले सरकारसँग १, २, ३, ४ गरेर आफ्ना समस्या ठोस रूपमा राख्न समेत अनुरोध गरे ।

उनले निर्माण व्यवसायीको आम रूपमा राम्रो छवि नभएकाले त्यसलाई सुधारेर काममा गति दिनुपर्नेमा जोड दिए।