निर्माण व्यवसायीहरुलाई समयमै काम सक्न सांसद भुसालको आग्रह


काठमाडौँ । रास्वपाकी सांसद मञ्जु भुसालले निर्माण व्यवसायीहरुलाई असारमा धेरै आयोजनाहरूको म्याद सकिने भएकाले ती काम समयमै सक्न आग्रह गरेकी छन् ।

पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काममा ढिलासुस्ती गर्ने र बहाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन् । ‘असारमा म्याद सकिने धेरै आयोजनाहरू छन्, यो ठुलो चुनौती हो,’ उनले भनिन् ।

देशभरका हजारौँ आयोजना सम्पन्न गर्न व्यवसायी र सरकार दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।