तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस,हेलिकप्टरबाट उद्धार


काठमाडौं । कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् ।

बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको छ ।

टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको बताइएको छ ।