गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक सुरु


काठमाडौँ । एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ ।

एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन ।

त्यस्तै, आजको बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत छलफल हुनेछ ।