मूल्यवृद्धिको विरोधमा मोटरसाइकल हातले दोहोर्‍याएर प्रदर्शन गर्ने


चितवन । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धिको विरोधमा आइतबार चितवनमा मोटरसाइकल हातले दोहोर्‍याएर प्रदर्शन गर्ने भएको छ ।

जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्‍याएर विरोध र्‍याली आयोजना गर्न लागेको हो।

आइतबार अपराह्न ४:३० बजे चितवनको चौबिसकोठीबाट सुरु हुने उक्त र्‍याली लायन्स चोकसम्म पुग्नेछ। यस आन्दोलनको नेतृत्व बिशु लामा गुरुङले गरेको गरी खान देउले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनका अनुसार सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी ६ प्रकारका करहरू लगाउँदै आएको छ। हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुग्दा सरकारले झन्डै ६५ देखि ७० रुपैयाँ त कर मात्रै लिने गरेको छ।