बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको सिद्धार्थनगर जिल्लाको नौगढ गाउँ निवासी अन्दाजी २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन् ।
उनी साथीहरूसँग घुम्न आएका बेला बुधबार साँझ करिब ६ः३० बजे ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।



प्रतिक्रिया