रविलाई रास्वपा सांसदहरूको प्रश्न: सुकुम्वासीको विषयमा पार्टीको औपचारिक धारणा के हो ?


काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गरेकी छन् ।

शुक्रवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा सांसद राना मगरले सुकुम्वासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् ।

उनले छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय तहहरूले सुकुम्वासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताइन् ।

उनले केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्वासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाइन् ।