काठमाडौँ, ८ जेठ । राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ ।



प्रतिक्रिया