मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सुनसरीमा शुक्रबार आयोजित एक कार्यक्रममा गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

‘राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ? ‘सरकारले प्रतिवेदन सार्वजनिक गर्नैपर्छ,’उनले भने ।

सभापति थापाले सरकार संख्याको दम्भ देखाएर संविधानविपरीत गए कांग्रेस उभिने समेत बताए ।