धनगढी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध आन्दोलनका लागि सबै पक्षलाई तयार पारिरहेको बताएका छन् । धनगढीमा आयोजित पार्टीको प्रथम एकता भेला तथा प्रशिक्षणमा दाहालले सरकारविरुद्ध सबै पक्षलाई आन्दोलनका लागि तयार पारेको बताएका हुन् ।
दाहालले देशका विभिन्न भागमा भइरहेको सुकुम्बासी आन्दोलन स्वतस्फूर्त नभई आफूहरुकै पहलमा भइरहेको दाबी गरे । भारतबाट सय रुपैयाँ बढीको सामान ल्याउँदा कर लगाउने निर्णय गरेर सरकारले सिमामा भएका गरिब र निमुखा नागरिकमाथि सरकारले अत्याचार गरेको दाहालले आरोप लगाए ।
यस्तै, संयोजक दाहालले वर्तमान सरकारले न्यायालयमाथि पनि हस्तक्षेप गरिरहेको बताएका छन् । विद्यार्थी संगठन र ट्रेड युनियनको लोकतान्त्रिक अधिकारमाथि सरकारले तरबार चलाएकाले त्यसविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई आन्दोलनका लागि आफूहरुले तयार पारिरहेको दाबी गरेका हुन् ।



प्रतिक्रिया