पाँचथरमा बाढीपहिरो : दुई घर बगायाे,लोकमार्ग अवरुद्ध


पाँचथर । पाँचथरको याङ्वरक बाढी-पहिरोले दुई घर बगाएको छ । याङ्वरक-१ महमलाल खवासको बस्ने घर र गोठ बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको हाे ।

मोबाइलको नेटवर्क नभएको तथा विद्युत् अवरुढ भएकाले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ । बाढी पहिरोले मध्यपहाडी लोकमार्गको थर्पु- चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन् ।

पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात अवरुद्ध भएको छ ।