काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक हो ।
जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताए ।
बैठकमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने पार्टी केन्द्रीय कार्यालय व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुनेछ ।
यस्तै, पार्टी सङ्गठनहरूको समायोजनलाई मुख्य प्राथमिकतामा राखिएको छ । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा तथा टोल समितिदेखि भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण र अद्यावधिकका विषयमा बैठकमा निर्णय हुने जनाइएको छ ।



प्रतिक्रिया