काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका सशस्त्र प्रहरीहरुको होस खुलेको छ ।
उपचाररत सबै ६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ ।
नेपाल एपीएफ अस्पतालका दर्जन बढी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न रहेका छन् ।
शुक्रबार टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा आठ जना बेहोस भएका थिए । जसमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
तालिमका क्रममा बेहोस हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
यसैबीच पूर्वगृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बलम्बुस्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोस भएकाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएको सशस्त्र प्रहरी जनाएको छ ।



प्रतिक्रिया